कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरी जवान  रतलाको मृत्यु

काठमाडाैं | मंसिर २५, २०७९

कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरी जवान  रतलाको मृत्यु

काठमाडौं:   काठमाडौंको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालक सशस्त्र प्रहरी जवान रतलाको मृत्यु भएको छ। 


आइतबार बिहान ९ बजे चोभार गेटनजिकै बसले सरकारी मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी जवानको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। 


दुर्घटनामा एपिएफ मुख्यालय हेडक्वार्टरमा कार्यरत जवान सुवास चन्द्र रतलाको मृत्यु भएको हो। 


मोर्डन इन्डियन स्कुलको ना १ क १६१२ नम्बरको स्कुल बसले बागमती एएए २९०८ नम्बरको सरकारी मोटरसाइकललाई ठक्कर दिएको थियो। उनी निलबाराही गणमा जाँदै थिए। 


ठक्करपछि घाइते भएका रतलालाई उपचारको लागि बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो।


उनको उपचारको क्रममा मृत्यु भएको हो। बस र चालकलाई कीर्तिपुर प्रहरी वृत्तले नियन्त्रणमा लिएको छ। 


प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्